काठमाण्डौँ, पुस १८ । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच शुक्रबार उद्योग मन्त्रालयमा पाँचबुँदे सहमति भएको छ। उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य माघ ७ गतेभित्र दिलाउनेसहित पाँचबुँदे सहमति भएको हो।
सरकारले तोकेको मूल्यमा माघ ७ गतेभित्र किसानलाई उखुको सबै भुक्तानी मिलहरुले दिइसक्ने, हरेक वर्ष उखुको मूल्य तत्काल भुक्तानी गर्ने स्वचालित प्रणाली बनाउन कार्यदल गठन गर्ने, उखु किसानको अनुदान समयमै दिलाउन कृषि र अर्थ मन्त्रालयमा पत्राचार गर्ने, उखु किसानको भुक्तानी र समस्या सम्बोधन गर्न आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा बनाउने सहमति भएपछि उखु किसानले आजैदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका हुन्।
उद्योग मन्त्रालय र किसानहरुबीच भएको सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको हो।
Facebook Comments