पुष १८ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा शनिबार डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेल्दैछ। मेलबर्नमा हुने मेलबर्न डर्बी भिडन्त शनिबार नेपाली समय अनुसार दिउसो १:५५ बजे सुरु हुनेछ ।
मेलबर्न डर्बीमा भने नेपालका सन्दीप लामिछाने मैदान उत्रने भएका छन्। चोटको कारण सन्दीपले बुधबार सिड्नीविरुद्धको खेल गुमाएका थिए। मेलबर्नले डर्बी भिडन्तका लागि सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन्।
मेलबर्नले सन्दीपसहित अर्का खेलाडी कार्टराइट चोट मुक्त हुँदै टिममा फर्किएको जनाएको छ। यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन्।
५ खेलमा ४ जित हात पारेको मेलबर्न ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। रेनेगेड्स अंक विहीन रहदै पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











