काठमाण्डौं २८ असोज। यौन दुर्व्यहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो।
दसैं बिदासँगै परेको विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ। उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गत बिहीबारदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
Facebook Comments


























