काठमाडौं, २८ असोज। विगत १० वर्षदेखि नेपाली क्रिकेट टिमको नेतृत्व सम्हालेका क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो। खड्काले निलम्बन फुकुवाको भने खुलेरै स्वागत गरेका छन्।
नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको बताएका छन्। सन् २००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए। उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो। कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन्।
Facebook Comments


























