लाओस, २७ असोज। एम्नेष्टी इन्टरनेश्नलले नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखेको छ। एम्नेष्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यसबर्ष मात्रै नाइजेरियामा १९ पत्रकार मारिएकाले खतरापूर्ण राष्ट्र रहेको जनाएको हो।
उनीहरू सबै सुरक्षाकर्मीहरूद्वारा मारिएका एम्नेष्टीले जनाएको छ। पत्रकारको हत्याको सङ्ख्या अत्यन्त धेरै भएको भन्दै एम्नेष्टीले चिन्ता व्यक्त गरेको छ। अधिकारवादी समूहले पत्रकारको हत्या, आक्रमण र धम्कीले नाइजेरियामा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको पुष्टि हुने जनाएका छन्।
‘पत्रकार, ब्लगर र अधिकारवादीहरूलाई सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत् आवाज उठाउनु चुनौतीपूर्ण भएको छ,’ एम्नेष्टीको नाइजेरिया निर्देशक ओसै ओजीझोद्वारा जारी वक्तव्यमा उल्लेख छ।
उनीहरुले लेख लेख्न, धारणा व्यक्त गर्न, समाचार सम्प्रेषण गर्न पनि धेरै डर मान्नु परेको र त्यो क्रम बढ्दो अवस्थामा रहेको निर्देशक ओसैले दाबी गरेका छन्। नाइजेरियामा देखिएको यो अवस्था अनपेक्षित रहेको उनीहरूले बताएका छन्।
उनीहरुले स्वतन्त्रता र पत्रकार तथा अधिकारकर्मीहरुको सुरक्षाका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा पनि जोड दिएका छन्। नाइजेरियामा विद्रोही समूह बोको हराम र सरकारी पक्षकाबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ भने सो बर्षेनि सयौँको ज्यान जाने गरेको छ। – रासस/एएफपी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











