चितवन, ०४ असोज। गायक अनिल राईको नयाँ गीत ‘बाल्यकाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। भरतपुर १२, मुनालचोक स्थायी घर भएका गायक राईको यो तेस्रो म्युजिक भिडियो हो।
केही वर्ष वैदेशिक रोजगारका क्रममा खाडी मुलुक बसेर फर्किएका राई पछिल्लो समय गायनमार्फत आफूलाई चिनाउने प्रयासमा जुटेका छन्। गीत–संगीतका लागि मूलबाटो पहिल्याउने प्रयासमा रहेका उनी माफसलबाटै सस्ंघर्ष गरिरहेका छन्।
चितवनमै बसेर ‘तिम्रो मान्छे म’ र ‘झूटो होइन’ बोलको म्युजिक भिडियो दर्शकस्रोतामाझ ल्याइसकेका छन्। गायन तथा संगीतको क्षेत्रमा औपचारिक शिक्षा नलिइए पनि काम गर्दै गर्दाको अनुभवले आफूलाई निखार्दै लगेको राईले बताए। असोज १ गते सार्वजनिक गरिएको ‘बाल्यकाल’ आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
उक्त गीतमा गायक राईको शब्द र विशाल पौडेलले संगीत रहेको छ। भिडियोमा भने आभाष रानामगरले निर्देशन तथा छायांकन गरेका छन्। नायक देव आरएन र गीता सापकोटाले अभिनय गरेको भिडियोको सम्पादन भने सुबोध श्रेष्ठले गरेका हुन्।
गीतमा बाल्यकालमा भएका घटनालाई श्रव्यदृश्यमार्फत देखाउने प्रयास गरिएको छ। चितवन जिल्ला आसपासका क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोबाट दर्शक स्रोतमाझ थप लोकप्रिय बन्न सक्नेमा आफू आशावादी रहेको गायक राईले बताए। (भिडियो)