नयाँ दिल्ली, २० साउन। भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गरेका छन्। स्वायत्तताकै कारणले जम्मु काश्मिर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उनले बताएका हुन्।
विगतमा जम्मु काश्मिरमा राजनीतिक विकृित फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मु काश्मिर वा लद्दाखमा कुनै फाईदा भएको कसैले भन्न नसक्ने टिप्पणीसमेत गरे। ‘यही धाराका कारणले त्यो क्षेत्र पछाडी परेको, पीडामा परेको, आतङ्कवादको शिकार भएको, महिला विरोधी, दलित विरोधी र विकास विरोधी भएको थियो,’ गृहमन्त्री शाहले भने।
स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको र केही व्यक्तिहरूले मात्रै फाइदा लिएको उनले बताए। -रासस/एएनआई
Facebook Comments


























