चितवन, १८ साउन। चितवनमा आफ्नै निर्माणाधीन घरबाट खसेर एक जनाको मृत्यु भएको छ। आफ्नै घरको दोस्रो तलाबाट खसेर घाइते भएका रत्ननगर नगरपालिका वडा नं ६ का ५३ वर्षीय चित्रनाथ आचार्यको उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आचार्यको शव भरतपुर अस्पतालमा राखिएको छ।
Facebook Comments


























