काठमाडौँ, १२ साउन। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका प्रहरीले जनाएको छ।
‘उनले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उत्तमराज सुवेदीले बताए। किनमेल गर्न भनी गएका श्रेष्ठले हामफालेर आत्महत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उनको भनाइ छ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो। मालपोत कार्यालय डिल्लीबजारमा रहँदा उनले नक्कली कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।
मालपोत सुब्बाबाट अवकाश पाएपछी उनले आफ्नो जिल्ला पर्वत फर्किएर नेपाली कांग्रेसको सक्रिय राजनीति गरेका थिए। सुरूमा जिल्ला सदस्यमा निर्वाचित भए। ४ वर्षअघि उनलाई जिल्ला कार्यसमितिको सचिवमा मनोनित गरिएको थियो। पर्वतमा राजनीति गरेपनि उनी काठमाडौंको बालाजु क्षेत्रमा बस्दै आएका थिए। नेपाली कांग्रेसले उनको मृत्युप्रति दु:ख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ।
1 Comments
भिजिटर
भ्रष्ट्राचारीहरू धमाधम हाम्फाल्न लागे पछि मृत्यु दण्ड आवश्यक छ भनेर भन्न पो खोज्या हो कि त!