चितवन, ०९ साउन। तीज नजिकिँदै छ। कलाकारहरूलाई यतिबेला गीत रेकर्ड गर्न र भिडियो बनाउन भ्याइनभ्याइ छ। कतिपयले चैतदेखि नै भिडियो बनाउन थाले। तर, रोइला गीतको ‘किङ’ भनेर चिनिने चर्चित गायक तथा सर्जक शिरिष देवकोटा भने समयको महत्वलाई ध्यानमा राखेर केही दिनअघि मात्रै तीज गीत लिएर आएका छन्।
सुमधुर स्वरका धनी गायक तथा सर्जक देवकोटा योवर्ष तीजको गीत ‘आगनी’ लिएर दर्शकस्रोतामाझ आएका हुन्। आगनीमा गायक देवकोटालाई गीता सेन्चुरीले स्वरमा साथ दिएकी छन्। देवकोटाकै लय तथा शब्द संकलनमा तयार भएको गीतमा मौलिक शब्द पस्किएका छन्। माइती र चेलीबीचको सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ। गायक एवम् संगीतकार कमल सौरागको संगीत संयोजनमा तयार भएको गीतलाई साकुरा मल्टिमिडिया प्रालिमार्फत बजारमा ल्याएका हुन्।

उक्त गीतको भिडियोमा भने कुनैबेलाकी चर्चित नृत्याङ्गना सम्झना बुढाथोकीलाई मुख्य भूमिकामा देखाइएको छ। बुढाथोकीको साथमा सदाबहार अभिनेत्री रश्मी भट्ट र अर्जुन गिरीलाई पनि देख्न सकिन्छ। स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन्।
आगनीको भिडियो हेर्नुहोस्:केही महिनाअघि मात्रै ‘छोरो अमेरिका छ’ बोलको मौलिक लोकदोहोरी गीतमार्फत दर्शकस्रोतासमक्ष थप लोकप्रिय बन्न सफल गायक तथा सर्जक देवकोटाको स्वर, शब्द तथा लय संकलनमा बन्दना पाण्डेको ‘नाचम साथी हो’, स्मृति तिमिल्सिनाको ‘दिल बसेको पाइनपल’, रमा अर्यालको प्रस्तुतिमा ‘मेरो माया यतिकै राम्रो छ’लगायतका तीजका गीत बजारमा आइसकेका छन्।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







