चितवन, ०७ साउन। गायक यज्ञ सापकोटा योवर्षको तीजको लागि फेरि नयाँ कोसेली लिएर झुल्किएका छन्। तीनवर्षअघि निकालेको ‘घर झगडा’ बोलको गीतलाई नै शीर्षक दिएर योवर्ष ‘घर झगडा–३’ बजारमा ल्याएका हुन्।
मौलिक गीतमा ध्यान पुर्याउँदै आएका गायक सापकोटाको यसअघिका गीतमा पनि मौलिकतालाई विशेष ध्यान दिइएको थियो। गायक सापकोटाकै लय संकलन तथा प्रदीप कँडेलको शब्दमा रहेको गीतमा बहुचर्चित गायक पुरूषोत्तम न्यौपाने, ईन्द्र जिसी, साबित्री मगर र शोभा पन्थले आवाजमा साथ दिएका छन्।
गीतको भिडियोमा भने सुरवीर पण्डित (दाह्री बा), रमा थपलिया, ईश्वर भण्डारीलगायतका कलाकारहरूले अभिनय गरेका छन्।
Facebook Comments