काठमाडौँ, २७ असार। बिहीबार रातिदेखि निरन्तर परेको झरीले मुलुकभरका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन्।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३÷३ जनाले ज्यान गुमाएका छन्। कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ।

प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी राखिएको प्रहरीले जनाएको छ। मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्न सक्ने संभावना छ।
Facebook Comments