चितवन, १३ असार। शुक्रबार करिब १२ बजे आफ्नै निवास नारायणगढमा निधन भएका तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको आँखा दान गरिएको छ। परिवारको सहमतिमा चुकेको घरमै प्राविधिकसहितको टोली पुगेर उनको आँखाको नानी निकालिएको हो।
नेत्रज्योति संघ चितवनको संस्थापक कोषाध्यक्ष तथा आजिवन सदस्यसमेत रहेका चुकेको दिउँसो ४ बजेर ३ मिनेट जाँदा प्राविधिक काशिराम बास्तोलासहितको टोलीले सुरक्षित साथ आँखाको नानी निकालिएको भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छाया श्रेष्ठले जानकारी दिइन्।
निकालिएको आँखाको नानीलाई जीवित राख्न शनिबार तिलगंगा आँखा अस्पताल पठाउने उनले बताइन्। स्वर्गीय चुकेको आँखा दान गरेर चुके परिवारले समाजमा थप सकारात्मक सन्देश दिएको उनको भनाइ छ। जीवित रहँदा गरेका अनगिन्ती सामाजिक कार्यभन्दा पनि ठूलो पुण्य कमाएको उनले बताइन्। स्वर्गीय चुकेको शनिबार बिहान दाहसंस्कार गरिने बताइएको छ।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







