चितवन, २४ जेठ। पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध भएको छ। चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा शुक्रबार बिहान करिब साढ ३ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो पञ्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि राजधानी भित्रिने राजधानीबाट पूर्वपश्चिमका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
Facebook Comments

























