भक्तपुर, १५ जेठ। सिद्धार्थ बैंकले भक्तपुरको सूर्यविनायकबाट पनि सेवा दिन थालेको छ। सूर्यविनायक आसपासका सेवाग्राहीलाई मध्यनजर गर्दै नयाँ शाखा विस्तार गरेर सेवा दिन थालेको हो। यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सूर्यविनायक शाखासहित देशभर चारवटा एक्स्टेन्सर काउण्टरसहित १५४ वटा शाखा १६६ वटा एटिएम सेवा एक हजार तीनसय भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।


























