काठमाडौं, १४ जेठ। पत्रकार विनोद त्रिपाठीलाई स्वतन्त्र राष्ट्रिय अभियान नेपालको केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको छ। भ्रष्टाचार र विसंगतिविरूद्ध जागरण ल्याउन गठित अभियानमा करिब डेढ दशक लामो पत्रकारिताको अनुभव संगालेका त्रिपाठीलाई जिम्मेवारी दिएको हो।
दलगत पत्रकारिताको खुलेर विरोध गर्दे आएका पत्रकार त्रिपाठीले समाचार र लेखमार्फत समाजमा व्याप्त विकृति र विसंगतिलाई हटाउने पहल गर्दै आइरहेका छन्। पछिल्लो समय राष्ट्रिय दैनिकमा कुशलतापूर्वक सम्पादकको भूमिका निर्वाह गरिसकेका त्रिपाठीले आफ्नो अनुभवलाई अभियानमा प्रयोग गर्न पाएकोप्रति गर्व महसुस भएको बताएका छन्।
Facebook Comments