धादिङ, २३ बैशाख। आगोलागीबाट धादिङमा २२ लाख ७८ हजार रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ। आज दिउँसो करिब ११ बजेतिर गंगाजमुदा गाउँपालिका ३ बर्धनस्थित गणेश गुरूङको घरमा सौर्यविद्युत सर्ट भएर आगोलागी हुँदा चार लाख रूपैयाँ नगरसहित २२ लाख ७८ हजार रूपैयाँबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार साढे चार तोला सुन, धान, मकै कोदो, लत्ताकपडा, दुईतले कच्ची घर र गोठ गरि उक्त रकम बराबरको क्षेति भएको हो। बिहान ११ बजेतिर आगो लागे पनि स्थानीय र प्रहरीको सहयोगमा सवा चार बजेमात्रै आगो नियन्त्रणमा आएको थियो।
Facebook Comments