चितवन । रत्ननगरमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मंगलबार बिहान करिब पौने ६ बजेको समयमा बाटोमा हिँडिरहेकै अवस्थामा गैँडाले हान्दा रत्ननगर ९ लालपर्साका ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो।
मिलीजुली सामुदायिक वन क्षेत्रमा पर्ने सडकमा बिहान मर्निङवाक गर्ने क्रममा गैँडाको आक्रमणमा परी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। प्रहरीका अनुसार तामाङको घटनास्थलमै मृत्यु भएको हो।
Facebook Comments


























