चितवन । नेपाल कुमाल समाज सुधार समितिले केन्द्रीय अध्यक्षमा विशाल कुमाललाई चयन गरेको छ। आइतबार सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट सात वर्षपछि समितिले ५१ सदस्यीय नयाँ नेतृत्व पाएको हो। आगामी तीन वर्षे कार्यकालको लागि समितिको उपाध्यक्षमा ठाकुर कुमाल, श्रुति कुमाल, भैरव कुमाल, रामप्रसाद कुमाल, कुलकुमार कुमाल, मानेन्द्र कुमाल र योगेन्द्र कुमाल चयन भएका छन्।
महासचिवमा गणेश कुमाल, सचिवमा राजन कुमाल, शिव कुमाल, शारदा कुमाल, नवीन मुखिया कुमाल र महेश कुमाल चयन भएका छन् भने कोषाध्यक्षमा राममाया कुमाल चयन भएका छन्। कुल १८ जना पदाधिकारी र ३३ जना सदस्य रहेको समितिमा दुई जना सचिव र एक जना सह–कोषाध्यक्ष भने पछि मनोनित गरिने छ।
समितिले आइतबार नै सल्लाहकार समितिसमेत चयन गरेको छ, जसमा सीताराम कुमाल र संस्थापक सदस्य कल्पना कुमाल छन्। नेपाल कुमाल समाज सुधार समितिका निःवर्तमान अध्यक्ष केबल पाल्पाली कुमालको अध्यक्षतामा भएको महाधिवेशनमा संस्थापक अध्यक्ष सूर्यबहादुर कुमाल, पूर्वअध्यक्ष अर्जुन कुमाल, जीतबहादुर कुमाल, पूर्वसभासद् ज्ञानबहादुर कुमाल, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सुरूति कुमाललगायतको उपस्थिति थियो।


























