चितवन । पञ्चशील तमू आमा समाज समिति भरतपुर–९, चितवनको छैठौँ अधिवेशनबाट सकुन्तला गुरूङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा हेमा गुरूङ, सचिवमा निशा गुरूङ, सह-सचिवमा रेखा गुरूङ र कोषाध्यक्षमा लीला गुरूङ चयन भएका हुन्।
सदस्यहरुमा भने दुर्गा गुरूङ, लक्ष्मी गुरूङ, सानु गुरूङ, जमुना गुरूङ, कुमारी गुरूङ, आशा गुरूङ, सम्झना गुरूङ र राममती गुरूङ निर्वाचित भएको सचिव निशा गुरूङले जानकारी दिइन्। अधिवेशनको पहिलो सत्र समाजकी अध्यक्ष विष्णुकुमारी गुरूङको अध्यक्षता एवं भूमिदाता मनसुवा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिव सन्तलाल गुरुङ र केन्द्री सदस्य हिमाल गुरुङको समेत उपस्थिति थियो।
Facebook Comments


























