काठमाडौँ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेकोले बुधबार देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश नं १, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
रातको समयमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस छ।


























