चितवन । आदर्श नारी विकास केन्द्रले सोमबार ४० जना आमाहरुलाई सम्मान गरेको छ। संस्थाको ३१औँ स्थापना दिवसको अवसरमा दश जना आमा र ३० जना सासुआमाहरुलाई सम्मान गरिएको हो। २०४९ सालमा स्थापना भएको संस्थाले संस्थामा आवद्ध सदस्यका आमा तथा सासुआमाहरुलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिइन्। साथै चार जना सामाजिक अभियन्तालाई समेत सम्मान गरिएको थियो।
आमाहरुबाटै अभिभावकत्व ग्रहण गर्दै सही मार्गमा लाग्न उत्प्रेरणा मिलेको भन्दै औँसी र स्थापना एकै दिन परेको अवसरमा सम्मान गरिएको उनले बताइन्। महिलाको क्षेत्रमा काम गर्दै आएको संस्थालाई अझ माथि उठाउन आमाहरुबाट आशिर्वादको आवश्यकता रहेको उनको भनाइ छ। आजसम्म पनि आमाहरुकै आशिरवचनले संस्थाले तीन दशकको कष्टकर यात्रा पार परेको उनले बताइन्।
तस्बिरमा हेर्नुहोस्ः

Facebook Comments


























