चितवन । नेपाली कांग्रेसबाट असन्तुष्ट बनेपछि स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले दुई गठबन्धन दलसँग १३ प्रतिशत मतका साथ प्रतिष्पर्धा गरिरहेका छन्। भरतपुरमा कुल तीन हजार २७७ मत गन्दै गर्दा भुइँकटहर चुनाव चिन्हबाट चुनाव लडेका पौडेलले ४३० मत पाइसकेका छन्। मेयर पदमै पाँच दलीय गठबन्धनकी रेनु दाहालले एक हजार २०८ मत पाएर पहिलो स्थानमा अग्रता लिइरहेकी छन् भने नेकपा एमाले-राप्रपाका साझा उमेदवार विजय सुवेदीले एक हजार ८७ मतका साथ रेनुलाई पछ्याइरहेका छन्। प्रतिशतमा जोड्दा रेनुले ३७ प्रतिशत र विजयले ३३ प्रतिशत मत पाएका छन्।
Facebook Comments


























