चितवन । देशकै सर्वाधिक चासो बनेको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उमेदवार बनेकी माओवादीकी नेतृ रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्। यो समाचार सामग्री तयार पार्दासम्म रेनु दाहालले एक हजार २०८ मत ल्याएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले एक हजार ८९ मत ल्याएका छन्। भुइँकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवार दिएका जगन्नाथ पौडेलले ४३० र विवेकशील साझा पार्टीका प्रवीन काफ्लेले जम्मा ८ मत पाएका छन्।
यस्तै उपमेयरमा भने गठबन्धनका उमेदवार नेपाली कांग्रेसका चित्रसेन निकै अगाडि छन्। उनले एक हजार ३६२ मत पाउँदा एमाले-राप्रपाका साझा उमेदवार राप्रपाकी हिमला गुरुङले जम्मा ८७७ मत पाएकी छन्।
वडा नम्बर १ को गणना सकिएपछि वडा नम्बर २ को मत गन्न सुरु भएको छ। वडा नम्बर १ मा भने गठबन्धनका उमेदवार नेपाली कांग्रेसका केशव महर्जनले नेकपा एमालेका शुक्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। वडा नम्बर १ मा कांग्रेसका महर्जनले एक हजार ३९७ मत ल्याउँदा एमालेका श्रेष्ठले एक हजार ३१३ मत ल्याएका थिए।
यस्तै ताजा मतपरिणाम थाह पाउनका लागि हामीलाई पछ्याउनुहोस्ः (2) लगातार न्यूज | Facebook (2) Facebook
Facebook Comments


























