चितवन २६ चैत । कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनीका रामप्रसाद धमलाको मृत्यु भएको छ। शनिबार बिहान घाँस काट्न गएका खैरहनी १२ जनकपुरका धमलालाई बाघले खाएको अवस्थामा आधा शरीर फेला पारेको प्रहरीले जनाएको छ।
जनकपुर पोष्ट नजिकै चार जना घाँस काट्न गएका थिए। तीमध्ये धमलालाई बाघले आक्रमण गरेपछि केही पर पुर्याएको थियो। उनको खोजी गर्ने क्रममा बाघले मारेर पछाडिको भाग खाएको अवस्थामा शव फेला परेको चितवन प्रहरीले जनाएको छ। उक्त नरभक्षी बाघ फेला नपरेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























