काठमाडौं २५ चैत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले शुक्रबार लक्की मिडिया हाउसद्वारा प्रकाशित भित्ते पात्रो विमोचन गरेका छन्। चितवनमा मुख्य कार्यालय बनाइ अर्धसाप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको लक्की मिडिया हाउसको नयाँ भित्ते पात्रो विमोचन गरेका हुन्। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह ‘राजा’को समेत उपस्थिति थियो।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले चितवनबाट सञ्चार क्षेकमा कर्म गर्दै आएको मिडिया हाउसले वर्ष २०७९ को भित्ते पात्रो काठमाडौँबाट विमोचन गरेको जानकारी दिए। नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उनले बताए। मिडिया हाउसले स्थापनादेखि नै भित्ते पात्रो प्रकाशन गर्दै आएको छ।
यसलाई आगामी दिनमा समेत निरन्तरता दिँदै जाने उनले बताए। नेपाली सिने बजारको प्रचार र सिने क्षेत्रको प्रवर्द्वन गर्दै आएको मिडिया हाउसले चलचित्रको विभिन्न प्रकारका शोसँगै एकल साँझ, सांगितिक कार्यक्रम तथा अवार्डलगायतका कार्यक्रमहरु गर्दै आएको छ। उक्त संस्थाले हाल चितवन खबर अर्धसाप्ताहिक र ईचितवन खबर डटकम सञ्चालन गर्दै आएको छ।


























