चितवन १६ चैत । चितवनमा बिहीबार बिहानै ट्रकमा आगलागी भएको छ। मुग्लिन-नारायणगढ सडकखण्डको सत्रकिलो भन्ने स्थानमा सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको ट्रकमा एक्कासी आगजनी भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
प्रदेश २-३-००१ ख ६५८७ नम्बरको उक्त ट्रकमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। बिहान करिब ६ बजेको समयमा भएको आगलागी दमकलको सहयोगबाट नियन्त्रणमा लिइसकिएको छ। ट्रकका चालक रामनरेश साहका अनुसार पछाडिबाट ओभरटेक गर्दै गरेको गाडीलाई जोगाउन खोज्दा सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो।
गुड्दागुड्दै आगलागी भएको ट्रक पूर्णरुपमा जलेर नस्ट भएको उनले बताए। उक्त दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको छ।
Facebook Comments


























