चितवन १६ चैत । रत्ननगरको भानुचोकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भानुचोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकै परिवारका श्रीमान् श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं.–२, निवासी वर्ष ५५ का निरञ्जन श्रेष्ठ र उनकी श्रीमती वर्ष ५० की निनतारा रहेका चितवन प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९० नम्बरको मिनीबस र पश्चिमबाट पूर्वतर्फ गइरहेको बागमती प्रदेश ०३–००२प१८९५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
Facebook Comments


























