चितवन १५ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। प्रशासनले मंगलबार सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन चैत मसान्तभित्र ती हतियार बुझाउन आग्रह गरेको हो।
जिल्लाभित्र रहेका हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेकोपछि जिल्ला प्रशासनले पनि मंगलबार सूचना जारी गर्दै निर्वाचनपश्चात फिर्ता हुनेगरी चैत नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरिएको हो।
Facebook Comments


























