चैत्र ३ । युक्रेनले रुसी सेनाले मारिउपोलस्थित एक थिएटरमा बम विस्फोट गराएको दाबी गरेको छ। उसका अनुसार यो थिएटरलाई नागरिकका लागि सुरक्षित स्थान बनाइएको थियो।
डेपुटी मेयर सर्गेई ओर्लोभले बीबीसीलाई बताएअनुसार भवनमा १,००० देखि १,२०० मानिस थिए। हमलामा कति हताहती भए भन्ने यकिन हुन सकेको छैन।
मारिउपोलको प्रशासनले विज्ञप्ति जारी गरी रुसी सेनाले ूजानीजानी र दुर्भावनापूर्णू थिएटरलाई नष्ट गरेको बताएको छ। विमानले भवनमा बम खसालेको उसको दाबी छ। मारिउपोलका बासिन्दा यस भवनमा लुकेका थिए।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले जानाजानी थिएटरलाई निशाना बनाएको आरोप लगाएका छन्।
बीबीसीका अनुसार यस थिएटरमा धेरै बालबालिका र वृद्धवृद्धा बसेका थिए। समाचार एजेन्सी आरआईएका अनुसार आक्रमणको खबर आएको केही घण्टामै रुसको विदेश मन्त्रालयले आफ्ना तर्फबाट थिएटरमा कुनै हमला नभएको दाबी गरेको छ।
युक्रेनका प्रसूति अस्पताल, एउटा चर्च र एउटा अपार्टमेन्ट भवन पनि रुसी हवाई आक्रमणको निशानामा परेका छन्। एजेन्सी