सिरहा, फागुन ३० । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन्। घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन्।
घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाइएको छ।
आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो। कार चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ।
Facebook Comments


























