काठमाडौं, फागुन २५ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मा महिलाको शव फेला परेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमवार बेलुका चाँगुनारायणको बागरेमा तरकारी खेती गर्न बनाइएको टिनको कच्ची टहराभित्र पहिचान नखुलेको महिलाको शव फेला परेको हो।
घाँटीको अगाडि भाग र शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको अवस्थामा शव फेला परेको प्रवक्ता डीएसपी राजु पाण्डेले बताए। पोष्टमार्टमको लागि शव केएमसी अस्पताल दुवाकोटमा लगिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























