चितवन, फागुन २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस्तै, ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन्।
Facebook Comments


























