चितवन, फागुन २१ । पछिल्लो २४ घण्टामा देशभर थप ३६२ जना निको भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन्। हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ।
यस्तै, ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्। नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोनाको मृत्यु दर १.२ प्रतिशत रहेको छ। यही अवधिमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। देशभर खोप अभियान सुरु भए यता ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको छ।


























