फागुन १९ । गायिका, निर्देशक तथा मोडल सरना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आइतबार सार्वजनिक हुने भएको छ। लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरनाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन्।
उनको गीत आइतबार सार्वजनिक हुँदैछ। सरना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ। गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सरना पनि छिन्।
कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरनाकै स्वर छ। गितको भिडियोमा बुवा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन्।
Facebook Comments


























