चितवन, फागुन १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप चार सय जना कोभिडमुक्त भएका छन्।
यस्तै, एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन्।
Facebook Comments


























