फागुन १६ । नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक भएको छ।
एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आज (सोमबार) बिहान सार्वजनिक भएको हो। चलचित्रमा प्रियंका कार्की, विक्रम डी जोशी, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, दीपिका प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा निर्देशक बोहरा विक्रम डी जोशीले लेखेका हुन्। प्रेमकथामा आधारित चलचित्र आगामी चैत ११ गतेदेखि देशैभर प्रदर्शन हुनेछ।
Facebook Comments


























