फागुन १५ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ।
आज (आइतबार) तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई जिल्ला अदालतले ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
अदालतले अनुमति दिएसँगै प्रहरीले यस केसमा अनुसन्धान गर्नेछ। आफूलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरीले गत बुधबार तनहुँ प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्।
मुलुकी अपराध संहिता २०७४ अनुसार मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ।
१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ। पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ।
Facebook Comments


























