फागुन १४ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ १७ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























