चितवन, फागुन १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्।
यस्तै, २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।
Facebook Comments


























