फागुन १२ । संयुक्त राज्यका प्रधानमन्त्री बोरिस जोनसनले आकस्मिक सरकारी कोब्रा बैठक बोलाउने भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बस्ने हाउसको अफ कमन्समा प्रधानमन्त्री जोनसन सहभागी हुनु अगाडि कोब्रा छलफलको आयोजना हुने भएको छ।
सो समितिले आज नेपाली समय अनुसार दिउँसो सवा ३ बजे रुसको ‘आत्मघाती हमला’ को विषयमा संयुक्त राज्यको प्रतिक्रियाको बारेमा छलफल गर्नेछ ।प्रधानमन्त्री जोनसनले ‘जी सेभेन’ मा सहभागी देशका प्रतिनिधिसँग पनि छलफल गर्नेछन्।
यसअघि नै प्रधानमन्त्री जोनसनले रुसका राष्ट्रपति भ्यादमिर पुटिनले युक्रेनमाथि हमला गर्दै ‘विनाशकारी तथा रक्तपात’ को बाटो अपनाएको र यसप्रति संयुक्त राज्य तथा अन्य सहभागी राष्ट्रहरुले ठोस कदम चाल्ने प्रतिक्रिया दिएका थिए।
Facebook Comments


























