काठमाडौं, फागुन ९ । आईसीसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ। १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो।
भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो।
वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ। तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ।
वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स ९यूएई० शीर्ष स्थानमा छ। यूएई वरीयताको १२औं स्थानमा छ।
Facebook Comments


























