फागुन ९ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९६ हजार २०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँ घटेको छ। हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
Facebook Comments


























