इलाम, फागुन ७ । सूर्योदय नगरपालिका-३ तीनखुट्टेस्थित फिक्कल-पशुपतिनगर सडक खण्डमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब साढे ४ बजे फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको को १ ज ३५८९ को जिप र विपित दिशातर्फ जाँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सूर्योदय-१ वाङ्गिनका २३ वर्षीय सौगात राई घाइते भएका थिए। उनको उपचारको क्रममा शुक्रवार साँझ ६ बजेर २० मिनेटको समयमा झापाको बिएण्ड्सी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकल पछाडि रहेका वाङ्गिनकै २६ वर्षीया सम्झना राई घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र जिप चालक प्रहरीको नियन्त्रणमा रहको छ।
Facebook Comments


























