फागुन ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस्तै, ६३९ जनामा कोरोना संक्रमण थपिएको छ। ९ हजार ७५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ६ हजार ७८२ जनाको पीसीआर र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज थप ३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ। अहिले देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित छन्।
Facebook Comments


























