मोरङ, माघ २९ । मोरङमा पक्की पुलबाट खस्दा एक जना साइकलयात्रीले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेमा जिल्लाको जहदा गाउँपालिका-४ का ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन्। साइकलमा यात्रा गरिरहेका ऋषिदेव शुक्रबार साँझ विराटनगर-रामचोक पक्की सडकखण्डअन्तर्गतको लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेका हुन्।
पुलबाट खसी गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले ऋषिदेवले अत्यधिक मदिरा सेवन गरेकाले पुल तर्ने क्रममा अनियन्त्रित भई पुलबाट खसेको बताएको छ।
Facebook Comments


























