माघ २८ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९४ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।
Facebook Comments


























