माघ ८ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३ रुपैयाँ १७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























