रौतहट, माघ २६ । रौतहटको गहुँबारीमा एक महिलाको शव भेटिएको छ। रौतहटको ईशनाथ नगरपालिका–९ की स्थानिय १९ वर्षीया चाँदनी खातुनको शव गहुँबारीमा फेला परेको प्रहरीले जनाएको छ।
महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको स्थानियले बताएका छन्। खातुनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
खातुनले चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह गरेकी थिइन्। विवाह भएपनि माइतीमै बस्दै आएकी उनी श्रीमानले फोन गरेर बोलाएपछि राति घरबाट निस्केकी थिइन्।
Facebook Comments


























