काठमाडौं, माघ २४ । स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ। सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ। निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि, जेठ ४ गते चुनाव गर्ने विषयमा दलहरूबीच सहमति जुटेको थियो।
Facebook Comments


























